देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापाको माटोले नेपालको राजनीतिकलाई गतिदिन्छः सिटौला

देशान्तर

काठमाण्डौ।
नेपाली काँग्रेस बरीष्ठ नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ को माटोले सिंगो नेपालको राजनीतिक क्षेत्रमा गतिदिने काम गरेकोले क्षेत्र नम्बर ३आफूले छोड्न नसकेको बताएका छन । झापा क्षेत्र नम्बर ३ वाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता सिटौलाले आज झापाको भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन ।

नेपाली काँग्रेस केन्द्रीय समितिले समानुपातिकमा आफ्नो नाम राखिसकेको अवस्थामा त्यसलाई फिर्ता गराई त्यस क्षेत्रको माटो र जनतालाई सम्झिएर फेरी चुनावी मैदानमा जनतामाझ उत्रिएको नेता सिटौलाले बताए। जब सजिलो अवस्था आउँछ, विगतको कष्ट सबैले बिर्सिएर आर्दशलाई छाडेर स्वार्थमा जाने गरेको राजनीतिक परम्परा नराम्रो भएको उनको भनाई थियो । त्यही स्वार्थ नेपालको लागि घातक सिद्ध भइरहेकोले राजीनितकदल र तिनका नेताले भविष्यमा दुःख पाउने गरेको बताए ।

वाम गठबन्धनसँग आफ्नोे चुनावी प्रतिष्पर्दा रहेको अवगत गराउँदै उनले आफ्नो खटाइ लोकतन्त्रसंग भएकोले वामगठबन्धनका उम्मेदवार राजेन्द्र लिङदेनसंग नभएको समेत प्रष्ट पारे। त्यस क्षेत्रबाटै भएको जनआन्दोलनबाट राजसंस्थाको अन्त्य भएकोले अहिले फेरी जनता राजसंस्था नचाहेको प्रस्टाउँदै लोकतन्त्र र गणतन्त्रको पक्षधारलाई मतदाताले मतदान गर्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो । राप्रपाले अहिले सम्म गणतन्त्र स्विकार नगरिरहेको अवस्थामा क्षेत्र नम्बर ३ मा भएको वाम गठबन्धनमा राप्रपा सामेल भएको आफुलाई अचम्म लागेको समेत उल्लेख गरे ।