देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावको प्रत्यक्ष असर भान्सामा,तरकारीको मूल्य दोब्बरले बृद्धि

देशान्तर

काठमाडौं । चुनावको कारण देखाउदै व्यावसायीहरुले तरकारको मुल्य दोब्बर बढिले बढाएका छन । चुनावका कारण माग अनुसार तरकारी आपूर्ति हुन नसकेको भन्दै व्यावसायीले मूल्य दोब्बर बढाएका हुन । दसैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएको र खरिद मुल्य नै दोब्बरले बढेपछि मूल्य बढाएको व्यावसायीहरुको भनाई छ ।

सर्वसाधारणको भान्सादेखि उपत्यकाको पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दसैं अघिको तुलनामा दोब्बरले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार काठमाडौंमा दैनिक सात सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकोमा अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति हुने गरेको छ ।

कालीमाटी फलफूल तरकारी बजारमा अहिले दैनिक तीन सय ५० मेट्रिक टन मात्रै तरकारी आपूर्ति हुने गरेको छ । ५० प्रतिशत मात्रै आपूर्ति भएका कारण तरकारीको मूल्य दोब्बरले बढेको हो । नेपालमा तरकारी उत्पादन कम रहेको र भारतबाट आउने तरकारीमा उतैवाट मूल्यवृद्धि भएर आउने गरेको समितिको भनाई छ ।

अहिले थोक मूल्यमा सानो गोलभेंडा प्रतिकेजी ७२ रुपैयाँ भए पनि बजारमा एक सय १० रुपैयाँ छ । प्याज प्रतिकेजी थोक मूल्य ६७ रुपैयाँ रहेकोमा खुद्रा बजारमा एक सयभन्दा माथि पुगेको छ ।  थोक मूल्यमा आलु ४४ रुपैयाँ किलो छ तर, बजारमा ७० देखि ८० रुपैयाँको हारहारीमा बिक्री हुँदै आएको छ ।

पछिल्लो समयमा सबैजसो तरकारीको खुद्रा मूल्य व्यवसायी आफैंले निर्धारण गर्दै आएका छन । खुद्रा व्यापारीको मनलाग्दी मूल्य निर्धारणले उपभोक्ता महँगीको मारमा पर्दा अनुगमनको निकाय मौन छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समिति र बल्खु कृषि तथा तरकारी बजारमा तरकारी आपूर्तिमा कमी आएको व्यवसायी बताउँछन् ।राज्यले कृषि उपजमा कति नाफा लिन पाउने भन्ने नीति नबनाएकोले पनि मूल्य निर्धारण गर्न सकिने अवस्था नरहेको समितिको भनाई छ ।