काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुने बताएका छन् ।
निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सबै व्यवस्था गरिएको पनि उनको भनाई छ । आज युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीसँगको भेटमा उहाँले निर्वाचन, यसको तयारीका बारेमा पनि संक्षिप्त जानकारी गाराए । यस्तै यरोपियन युनियनका टोलीले पनि निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरेको थियो ।
त्यसक्रममा टोलीले निर्वाचन पर्यवेक्षणका लागि आवश्यक वातावरण बनाउन पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेको थियो ।
प्रतिक्रिया