काठमाडौ । नेपाली कांग्रेसका नेताहरुले नेपालमा सर्बसत्ताबाद लागु गर्न एमाले र माओबादीविचमा गठबन्धन भएको बताएका छन । संसदीय व्यवस्थाको अन्त्य र सर्बसत्तावाद लाद्ने उदेश्यका साथ वाम गठबन्धन भएकाले जसरी पनि यसलाई परास्त गर्नु आवस्यक भएको नेताहरुको तर्क छ ।
बिराटनगरमा सोमवार प्रेसयुनियनले गरेको परिचयात्मक कार्यक्रममा नेता डा. मीनेन्द्र रिजालले वाम गठबन्धनले चुनाव जिते मुलुकमा सर्वसत्तावाद हावी हुने बताएका छन ।
उनले कुरा मिठो गर्ने तर व्यबहार तीतो गर्ने कम्युनिष्टहरुको चरित्र भएको भन्दै सचेत बनेर कांग्रेसलाई जिताउन मतदातालाई अपिल पनि गरेका छन । मोरङ–२ का उम्मेदवारसमेत रहनुभएका नेता रिजालले मुलुकलाई उल्टो दिशामा हिँड्नबाट रोक्न एमाले–माओवादीलाई परास्त गर्न आवस्यक भएको दाबी गरेका छन ।
मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा कांग्रेस नेता महेश आर्चायले विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरु सहमत भएको बताए ।
उनले विराटनगरलाई राजधानी बनाउन तीव्र भौतिक पूर्वाधार हुनुपर्ने भन्दै त्यसका लागि पहल थाल्ने प्रतिवद्धता पनि जनाएका छन । आर्चायले विराटनगरलाई मेडिकल सिटी बनाउनदेखि विमानस्थलको स्तरोन्नति गर्नेसम्मको साझा एजेन्डा पार्टीका उम्मेदवारहरुको भएको भन्दै जोगवनी–किमाथांका सडक सञ्चालनमा ल्याउन कांग्रेस उत्सुक रहेको जानकारी दिए ।
मोरंग ३ नम्बर क्षेत्रका उम्मेदरवार सुनिल शर्माले आफु बिजयी भएमा सबै मतदाताहरुको एक लाखको स्वास्थ्य बीमा गर्ने, तीन वर्षभित्र चार सय विपन्नलाई रोजगारी दिने प्रतिवद्धता जनाए ।
एक क् नम्बर क्षेत्रका उम्मेदवार डिकबहादुर लिम्बुले एक नम्बर क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने र कृषिको आधुनिकीकरणका लागि जोड दिने प्रतिवद्धता व्यक्त गरेका छन ।
प्रतिक्रिया