देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्युयोर्कको म्यानहटनमा आतंककारी हमलामा आठ जनाको मृत्यु, दर्जनौं घाइते

देशान्तर

न्युयोर्क(अमेरिका) । अमेरिकाको न्युर्योकस्थित म्यानह्याटनमा भएको एक आतंककारी हमलामा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । हमलाकारीले साइकल लेन र पैदल यात्रुको बाटोमा साइकल यात्री र पैदल यात्रुहरुमाथी जथाभावी पिक अप ट्रक कुदाएको न्युयोर्क प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीलाई उदृत गर्दै संचारमाध्यमहरुले हमलाकारीले अरबी भाषामा धार्मिक नारा लगाएको जनाएका छन् । आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् र हमलाकारीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा सेफ्लो हिविवुलेविकको संलग्नता रहेको आशंका गरिएको छ । २९ वर्षिया ति आरोपित फ्लोरिडाको टेक्पाका रहेको संचारमाध्यमले प्रहरी स्रोतलाई उदृत गर्दै उल्लेख गरेका छन् । ति सन् २०१० मा उज्वेकिस्तानबाट अमेरिका आएका थिए । घटना गराउन रेन्टल ट्रक लिएका उनी पक्राउ परेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि घटनाबारे जानकारी दिइएको छ । न्युयोर्कका मेयर बिल डे ब्लासियोले यो घटनालाई ‘एक्टिभ टेरेर’ भनेका छन् । अमेरिकी समय अनुसार, मंगलवार अपरान्ह तीन बजेर पाँच मिनेटमा यो घटना भएको हो ।