देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनको मुखमा ढुंगेललाई पक्राउ गर्नु जनयुद्ध ब्यूताउनु हो : माओवादी

देशान्तर

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका माओवादीका पूर्व सांसद बालकृष्ण ढुंगेलको गिरफ्तारीलाई माओवादी केन्द्रले जनयुद्ध जन्माउने षड्यन्त्र भएको बताएको छ । माओवादीले जनयुद्धका मुद्दामा पार्टी नेतालाई निर्वाचनको मुखमा पक्राउ गर्नु विस्तृत शान्तिसम्झौता विपरित भएको ठहर गरेको छ ।

ढुंगेल पक्राउ परेपछि पार्टीका तर्फबाट प्रतिक्रिया दिदै पार्टी प्रबक्ता पम्फा भुसालले द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनेको सत्य निरुपण तथा मेलमिलाप आगोग क्रियाशिल रहेकै बेला ढुंगेललाई पक्राउ गर्नु षडयन्त्र भएको बताइन ।

प्रबक्ता भुषालले यो घटना शान्तिसम्झौता विपरित भएको र सरकारले आफ्नो क्षेत्राधिकार मिचेर ढुंगेललाई पक्राउ गरिएको आरोप लगाइन । उनले धरै पहिले देखि ढुंगेल प्रक्राउका लागि प्रयास भएको तर, माओबादीका मन्त्रीहरुलाई विनाविभागिय बनाएर सरकारले चुनावको मुखमा माओबादी प्रति ठूलो षड्यन्त्र गरेको बताइन ।

सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल लामो समयदेखि फरार रहेपनि माओवादीले द्वन्द्वकालीन मुद्दा भएको भन्दै ढुंगेलको बचाउ गर्दै आएको थियो । माओवादीकै दबाबका कारण प्रहरी नेतृत्वले ढुंगेललाई पक्राउ गर्न सकेको थिएन ।

सर्वोच्च अदालतले हत्याका दोषी ठहर भएका ओखलढुंगा पोकली–२ का पूर्व सभासद ढुंगेललाई पक्राउ गर्न यसअघि पटक–पटक प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो।

पछिल्ला दिनमा ढुंगेल पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ मंसिर २२ मा ढुंगेलमाथि लगाइएको मुद्दा द्वन्द्वकालिन भएको भन्दै आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्चले हत्याका दोषीलाई आममाफी दिन नहुने भन्दै फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो।