देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले प्रत्यक्षतर्फ थप १० उम्मेदवारको टुङ्गो लगायो

देशान्तर

 

काठमाडौं

नेपाली कांग्रेसले आगामी मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थप १० उम्मेदवारको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस संसदीय समितिको बैठकले थप उम्मेदवारको टुङ्गो लगाएको कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। झापा क्षेत्र नं ३ बाट पूर्वमहामन्त्री कृष्ण सिटौला र कैलाली ५ मा आरजु देउवालाई उम्मेदवार बनाउने निर्णय समितिले गरेको छ । त्यस्तै गुल्मी १ बाट चन्द्र भण्डारी र २ मा चन्द्रबहादुर केसी, तेह्रथुममा सीता गुरुङ्ग, मकवानपुर २ मा डीना उपाध्याय, काठमाडौं ३ मा अम्बिका बस्नेत, अर्घाखाँची १ मा डा।रामबहादुर बी।सी र पाल्पा क्षेत्र नं १ मा विजयराज घिमिरे र २ मा हरिप्रसाद नेपाललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय भएको केसीले जानकारी दिनुभयो ।

यसअघि कांग्रेसले दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका २२ वटा क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको थियो । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि आगामी बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेकाले दलहरु उम्मेदवार छनोटको कसरतमा छन् । भोलिसम्ममा बाँकी ९६ स्थानको उम्मेदवारको टुङ्गो लगाउने गरी संसदीय समितिको बैठकमा छलफल भैरहेको केसीले जानकारी दिए ।