काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना ग्राहक एवं उपभोक्ताहरुका लागी २० बोरा शिवम् सिमेन्टको खरिदमा सम्मान स्वरुप कम्पनीको तर्फबाट कदर स्वरुप दिदै आएको थप १ बोरा उपभोक्ता योजना आइतबारदेखि समापन गर्ने घोषणा गरेको छ । उक्त योजना कम्पनीले असार १४ देखि नेपालभर लागु गरेको थियो ।
उक्त योजनामा देशभरका सिमेन्टका आम उपभोक्ता एवं ग्राहकको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेको भन्दै शिवम् सिमेन्टस्ले समस्त उपभोक्ता एवं ग्राहक महानुभावहरु प्रति शिवम् सिमेन्ट परिवार हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।
शिवम् सिमेन्टले हेटौडा स्थित जर्मन उच्च प्राविधियुक्त प्लान्ट एण्ड मेशिनरी जडित उद्योगबाट आफ्नै चुनढुङ्गामा आधारित किल्ङकर तथा सिमेन्ट उत्पादन गर्दै आएको छ ।
कम्पनीले हरितालिका तिज, वडा दशैँ, शुभ दिपावली र छठ पर्व समेतलाई मध्यनजर गरी छोटो अवधिका लागी “२० बोरामा कदर स्वरुप थप १ बोरा” योजना लागु गरेको थियो । ‘हाम्रो विश्वास छ, आम सिमेन्टका उपभोक्ता एवं ग्राहकहरुले यस अवसरको भरपुर उपयोग गर्न सफल हुनु भयो भन्ने ठानेका छौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शिवम् सिमेन्टले गत वर्ष समेत तिहारको अवसरमा उपभोक्तामूखी “चाँदी नै चाँदी” भन्ने योजना सफलता पूर्वक संचालक गरेको थियो ।
प्रतिक्रिया