देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताले विश्वास गरे एमालेको नेतृत्व गर्छु : अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एक भएपछि एमालेको आफुले नेतृत्व लिने बताएका छन । उनले आफ्नो लक्ष्य ठूलो भएकाले ठूलै हृदयले सहयोग गर्न पनि चितवनवासीलाई आग्रह गरेका छन ।

 

सोमवार चितवन विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै वाम गठबन्धनबाट कांग्रेसलाई नआत्तिन अग्रहगर्दै कम्युनिष्ट नेतृत्व धरमराएकाले आफुले केहि समय नेतृत् वगर्न चाहेको बताए ।

 

दाहालले यसको फैसा गर्ने अधिकार चितवनका जनतामा आएकाले अवसर दिए आफूले कम्युष्टि नेतृत्व गर्ने दावी गरे । आफ्नो भाषणमा एमाले अध्यक्ष ओलीको नामोच्चारण सम्म नगरेका दाहालले कम्युनिष्ट नेतृत्व लिन चाहेको मात्र बताएन ।उनले राष्ट्रिय नेतृत्व लिन चाहेको बताए ।

 

अध्यक्ष दाहालले वामपन्थी गठबन्धन चुनावी जित्नका लागि बनाइएको रणनीति मात्रै नभएको बताए । एमालेसंग एकताको प्रक्रिया धेरै अगाडि बढिसेको भन्दै जुनसुकै हालतमा पनि एकता भएरै छाड्ने र आफुले नेतृत्व लिने दोहोर्याए ।

उनले बाँदरमुढे घटना परिस्थिति अनुसार भएको र भोलिपल्ट आफूले माफी मागेको पनि बताए । उनले बाँदरमुढे घटनाका दोषीलाई पार्टीभित्रबाटै कारबाही भईसकेको समेत गरेको बताए ।