काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा आशंका नगर्न आग्रह गरेका छन् ।
सोमवार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले मतपत्रको विषयमा थोरै विवाद देखिए पनि निर्वाचन आयोगले दुई वटै मतपत्र प्रयोग गर्ने भनेपछि कुनै विवाद नरहेकाले निर्वाचनको विषयमा कुनै शंसय नरहेको बताए ।
उनले चुनावका विषयमा कुनै आशंका लिन आवश्यकता नभएको भन्दै निर्वाचन आयोगले दुईवटै मतपत्र प्रयोग गर्न भनेपछि निर्वाचनका बारेमा कुनै संका बाँकि नरहेको बताए ।
दाहालले सिट बाँडफाँट सोमवार बेलुकासम्म टुङ्ग्याउने जानकारी दिदै हरेक पार्टीले निर्वाचनका बेला आफ्नो हितलाई प्रयोग गरेर चुनावी तालमेल गर्ने गरेकाले वाम तालमेललाई अन्यथा नलिन आग्रह पनि गरे ।
उनले आफूहरु सरकारमा पनि रहेकाले अहिले वाम एकताभन्दा पनि यसलाई चुनावी एकता गठबन्धन मात्र भनेर बुझ्न आग्रह गरे ।
प्रतिक्रिया