देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाको सम्मान देखेर एमाले अतालिएको छ: अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले पाएको सम्मानको ईश्याले एमाले बेतुकका प्रचारबाजीमा लागेको बताएका छन ।

उनले देउवाको भारत भ्रमणका क्रममा एमालेले उठाएका बिषय अब अर्थहिन भईसकेको बताए । दाहालले देउवाले भारतमा संविधान संसोधनका विषयमा अनावश्वक टिप्पणी गरेको भन्दै संविधान संसोधनका विषयमा अहिलेको सन्र्दभ भन्दा बाहिर गईसकेको बताए ।

अव निर्वाचनपछि कस्तो संसद आउछ भन्नु संसोधनको बिषय उठाउन उस्तै भएको बताए । दाहालले ओली प्रधानमन्त्री भएर भारत दाजा र देउवा जादाको अवस्थामा धेरै फरक भयो,भारतले देउवालाई ओलीको भन्दा धेरै सम्मान दियो र ओलीले पचाउन नसक्ने अवस्था आएपछि एमाले बिरोधमा लागिको टिप्पणी गरे ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा रहेको भारतीय महाबाणिज्य दूतावासका कारण बिराटनगर डुबेको बताए । मधेश केन्द्रीत दलसंग तालमेको बिषय मिलाउन बिराटनगर पुगेका दाहालले भारतीय महाबाणिज्य दुतावासको कार्यलय बिराटनगरमा कुनैपनि हालतमा राख्न नहुने बताए ।

उनले कार्यलय हटाउने विषयमा आफ्नो पार्टीको पुरानो भनाई रहेपनि कांग्रेस र एमालले नमानेका कारण अहिले यो स्थिति आएको दाहालको भनाई थियो । उनले नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा नै बिराट नगरबाट कार्यलय हटाउन निर्देशन दिदापनि कार्यन्वयन नभएको बताए ।

दाहालले दुई नम्वर प्रदेशमा पनि आफ्नो पार्टीले चुनावी तालमेलको ढोका खुला राखेको बताए । उनले संघीय गणतन्त्रवादी शक्तिहरु जोसँग पनि तालमेलको नीति लिइएको र मधेशवादी दलसँगको तालमेल प्राथामिकतामा राखिएको जानकारी दिए ।

उनले हामी संघीय गणतन्त्रपक्षधर सवैसँग तालमेका लागि खुला छौँ तर, दुई नम्वर प्रदेशको हकमा मधेशवादी शक्तिसँगको तालमेललाई प्राथामिकता दिदै राजपादेखि संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकलगायतका शक्तिसँग तालमेल गरिने बताए ।