काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि ९५ दल दर्ता भएका छन् । आयोगका अनुसार आइतबार साँझ ६ बजेसम्म ९५ दलले दल दर्ता गराएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रलगायत ६४ दलले शुक्रबारसम्म नै आयोगमा आफ्नो दल दर्ता गराएका थिए ।
आइतबार संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रिक, बहुजन शक्ति पार्टी नेपाललगायत ३१ दल थपिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले इच्छुक दलहरुलाई केन्द्र र जिल्ला स्तरमा दर्ता हुन सूचना गरेको थियो । आयोगमा करिब १२० दल आधिकारिक रुपमा दर्ता छन् । जसमध्ये स्थानीय तह निर्वाचनमा ८३ दल दर्ता भएका थिए ।
जसमध्ये १४ दलका मात्रै उमेदवार विजयी भएका थिए । आयोगले मतपत्रमा कति दलको चिन्ह राख्ने भन्ने निर्णका लागि पनि केन्द्र र जिल्लामा दल दर्ताका लागि आह्वान गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
प्रतिक्रिया