काठमाण्डौँ । सरकारले एकैपटक ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक्त गरेको छ भने यूएई, ओमान, साउदी अरेबिया र कुवेतमा श्रम सहचारी नियुक्त गरेको हो ।
मुख्य श्रम गन्तब्य मुलुकका दूतावासमा आउने नेपाली कामदारको समस्या समाधानका लागि श्रम कन्सुलर तथा सहचारीले काम गर्ने गरेका छन् । सरकारले कोरियाका लागि डिल्लीराम बास्तोलालाई श्रम कन्सुलर नियुक्त गरेको छ ।
त्यसैगरी मलेसियामा लागि बद्रिकुमार कार्की श्रम कन्सुलर नियुक्त भएका छन् । यूएईको श्रम सहचारीमा मोतिराम भुसाल नियुक्त भएका छन् । सरकारले ओमानमा श्रम मन्त्रालयकै शाखा अधिकृत कृष्णा कुमारी गौलीलाई श्रम सहचारी नियुक्त गरेको छ ।
कुवेतमा श्रमका शाखा अधिकृत ज्ञानेन्द्र शर्मालाई श्रम सहचारीको रुपमा पठाइएको छ । साउदी अरेबियाको नेपाली कन्सुलेट जनरल अफिसमा शाखा अधिकृत राजु कुँवर श्रम सहचारीमा नियुक्त भएका छन् । उनीहरु सबै श्रम मन्त्रालयमा नै विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका ब्यक्तित्व हुन् ।
प्रतिक्रिया