काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणका क्रममा रहेका बेला प्रमुख प्रतिपक्षीदलका तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य उपचार गराउनका लागि आज थाइल्याण्ड जाँदैछन ।
अध्यक्ष ओलीलाको पारिवारि स्रोतका अनुसार उनलाई मृगौला सम्बन्धी समस्या पुनः बल्झिएको छ । समय समयमा मृगौला संबन्धी उपचार गराईरहेका ओलीलाई पछिल्लो समयमा धेरै राजनितिक दौडमा निस्किएका कारण पुरानो रोगले थप च्यापेको हो ।
थप उपचार नगरी नहुने सल्लाह चिकित्सकहरुले दिएपछि ओली थप उपचारका लागि थाईल्याण्ड जान लागेका हुन ।
थाइ एयरवेजको विमानबाट ओली दिउँसो १ बजे नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जाने कार्यक्रम तया भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि संगै जादैछन । ओली उपचारकै लागि गएको जेठमा पनि बैंकक गएका थिए । उनी उपचार सकि भदौं १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको रहेको छ ।
प्रतिक्रिया