देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवा दिल्लीमा,कोईराला परिवारसंग समिक्षा गर्दै पत्रकार

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले भारत भ्रमणमा गरेका सहमति र आसन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनका बिषयमा छलफल गर्न कोईराला परिवारका तीन नेताले शुक्रवार बिहान पत्रकारहरुसंग संयुक्त छलफल गरेका छन ।

शुक्रवार बिहान साढे ८ बजे महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित घरमा शशांकसहित डा. शेखर कोइराला र सुजाता कोइरालाले संयुक्त पत्रकार भेटघाट राखेका हुन् ।

पत्रकार महासंघको सम्पन्न महाधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिन चियापानका लागि भन्दै पत्रकारलाई आमन्त्रण गरिएको हो । शुभकामना,चियापान, प्रधानमन्त्रीको भारत भ्रमण र आसन्न तेस्रो चरणको स्थानीय निर्वाचनका बिषयमा थप छलफल गर्न पत्रकारहरुसंग भेटघाटको कार्यक्रम राखिएको बताईएको छ ।

भर्खरै पत्रकारको निर्वाचन पनि सकिए पछि उहाँहरूलाई बधाई दिन र निर्वाचन लगायतका बिषयमा पछिल्लो अवस्थाको बारेमा जानकारी लिन चियापानसहितको भेटघाट राखिएको डा. शेखर कोईरालाले देशान्तरलाई बताए ।

उनले राजनितिक दलका नेता र पत्रकारका बीचमा धेरै राजनितिक बिषयमा छलफल हुने बताए । कोईरालाले पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी एमालेभन्दा पछि परेको अवस्था, सरकारमा कांग्रेसको प्रभावकारिता जस्ता विषयमा कुरा भएको बताए ।

उनले प्रधानमन्त्री भारतको भ्रमणमा जानुभएको अवस्थामा पार्टीले स्थानीय निर्वाचन देखि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कसरी जाने भन्ने बिषयमा सामान्य कुरा कानी भएको बताए ।