देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राज्यमन्त्री थपिएपछि मन्त्रालय ‘भद्रगोल’

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २३ नजा राज्यमन्त्री आफ्नो मन्त्रिमण्डलमा समावेश गरेपछि मन्त्रालय भद्रगोल बनेको छ । प्रधानमन्त्रीले ठूलो संख्यामा राज्यमन्त्री थपेकै कारण मन्त्रालय भद्रगोल भएका हुन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितको बाइलाइनमा प्रकाशित समाचारअनुसार साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँसमेत पाइएको थिएन ।

उनीहरु सहसचिवको कार्यकक्षमा बसे भने सहसचिवहरु अधिकृतको कार्यकक्षमा बस्ने व्यवस्था मिलाइएको छ ।

५० सदस्यीय देउवा मन्त्रिपरिषदमा २३ राज्यमन्त्री र २६ मन्त्री छन् । ५० जना मन्त्रीहरुको व्यवस्थापन गर्न प्रशासनिक नेतृत्वलाई हम्मेहम्मे परेको छ ।