काठमाडौं । दक्षिण कोरियामा रोजगारी गरी फर्किएर पुनःश्रमस्वीकृति लिएर मात्रै कामदार पुनः जाने व्यवस्था गरिएको छ । प्रमाण स्वरुप कामदारले बैंक मार्फत पैसा पठाएको प्रमाण पेश गर्नुपर्ने भएको छ ।
पाँच वर्ष एउटै कम्पनीमा काम गरेर फर्केका प्रतिबद्ध कामदार, सिबिटी र पिबिटी परीक्षा दिएर मात्र पुनः कोरिया जान सक्ने छन् । सन् २०१८ जनवरी १ देखि श्रम स्वीकृति लिँदा बैंकबाट पठाएको रकमको प्रमाण पेश गर्नुपर्ने भएको हो । प्रमाण नभएकाहरुलाई पुनःश्रमस्वीकृति नदिइने इपिएस कोरिया शाखाले जनाएको छ ।
प्रतिक्रिया