देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र जारी गर्दै

देशान्तर

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले भोलि ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । १२ वर्षे अवधिको म्याद २०८६ साउन ३२ गते सकिनेछ । ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यसका लागि साउन ३१ गते ३ बजेसम्म बोलकबोलको समय तोकिएको छ ।

ऋणपत्रमध्ये ८० प्रतिशत प्रतिस्पर्धी र २० प्रतिशत अप्रतिस्पर्धीका लागि छुट्याइएको छ । बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धी समूहबाट मात्र आवेदन दिन पाउनेछन् ।

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक हुने गरी आवेदन दिन सक्नेछन् । प्रतिस्पर्धी बोलकवोलवालाले कबोल गरेको ब्याजदरबाट औसत ब्याजदर निर्धारण गर्ने र सोही ब्याजदर कम कबोल गर्ने र अप्रतिस्पर्धी समूहलाई समेत लागू हुने व्यवस्था गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

अद्र्धवार्षिक रूपमा ब्याज लिन सकिने ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । सरकारले चालू आर्थिक वर्षको बजेटमा भएको घोषणाअनुसार राष्ट्र बैंकले जारी गर्न लागेको यो दोस्रो ऋणपत्र हो । यसअघि साउन २३ गते ५ वर्ष अवधिको ५ अर्बको विकास ऋणपत्र जारी गरेको थियो ।

सरकारले चालू आवमा ७२ अर्बबराबर आन्तरिक ऋण विकास ऋणपत्रमार्फत उठाउने लक्ष्य राखेको छ । जसका लागि ५ वर्षदेखि १५ वर्ष अवधिसम्मको ऋणपत्र जारी गर्ने कार्यतालिका राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।