देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनका उपप्रधानमन्त्री वाङ याङ आज नेपाल आउदै

देशान्तर

काठमाडौं ।चीनका उपप्रधानमन्त्री वाङ याङ आज अपराह्न नेपाल आउँदै छन् । नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चार दिवसीय औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

आउँदो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि चिनियाँ उपप्रधानमन्त्रीले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चिनियाँ उपप्रधानमन्त्री वाङले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग आगामी मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

सोही दिन चीनका उपप्रधानमन्त्रीले चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्नेछन् । करिब ६ वर्षपछि चीनिया उच्च अधिकारीको नेपाल भ्रमण हुन लागेको हो ।