काठमाडौं । एमाले छाडेर माआबादीमा र माओबादी छाडेर नयाँ शक्ति पार्टीमा गएका पुर्ब एमाले नेता फेरी माओबादीकै नेताका रुपमा कायम रहने भएका छन ।
झाले पुरानो पार्टी एमालेमै फर्कने मनसाय राखेपनि बिगत तीन महिना देखि गरेको प्रयास असफल भएपछि उनि माओबादी केन्द्रमा फर्किएका हुन । उनि संगै नयाँ शक्ति, नेपालबाट रामकुमार शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल निवासमा पुगेर झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकताबद्ध भएर अघि बढ्ने समेत संकल्प गरेका छन् ।
छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा र नेतृ उर्मीला अर्याल पनि सहभागी थिए । छलफलपछि नेता झा र शर्माले मधेसमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प पनि गरेका छन् ।
प्रतिक्रिया