देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 प्रधानमन्त्री  देउवाका समस्या स्वराजले राखेपछि संशोधनको नतिजा मान्न राजपा तयार

देशान्तर

काठमाडौं । भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसंगको छलफल पछि राष्ट्रिय जनता पार्टी (राजपा)का शिर्ष नेताहरु संबिधान संशोधनले दिने जुनसुकै परिणाम पनि स्वीकारगर्न तयार भएका छन ।
स्वराजसंगको छलफल पछि राजपा नेताहरुले प्रधानमन्त्री शेरबाहादुर देउवालाई भेटि संबिधान संशोधनको प्रस्ताव निर्णयार्थ संसदमा पेशगर्न आग्रह गरेका छन । नेताहरुले सरकारमा मौका नपाएपछि संशोधनको पक्षमा नरहेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सहमत गराएर संशोधन प्रस्ताव पास गराउन प्रधानमन्त्रीसंग आग्रह पनि गरेका छन ।
बिमस्टेक बैठकमा भाग लिन काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट पछि राजपाका नेताहरुसंग छलफल गरेकी थिइन् । स्वराजसंगको भेटमा राजपाका नेताहरुले संविधान संशोधन, आसन्न चुनाव लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
शुक्रवार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवासंग भएको छलफलमा राजपाका नेताहरुले संविधान संशोधन विधेयक अघि बढाए त्यसको परिणम स्वीकार गर्न आफुहरु तयार रहेको बताएका छन । राजपाका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संशोधन विधेयक निर्णयार्थ पेश गर्न आग्रह गरेका हुन ।
देउवाले आफु भारत भ्रमण सकेर फर्किए पछि संशोधन प्रस्ताव अघि बढाउने बताउदा राजपाका नेताहरुले भारत भ्रमणपछि संशोधन अघि बढाउदा चुनावमा जान गाह्रो हुन बताएका छन् । प्रधानमन्त्री भारतबाट फर्किएपछि संशोधन अघि बढाउँदा चुनावको तयारीका लागि आफूले समय नै नपाउने उनीहरुको तर्क थियो ।