काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालमा केन्द्रीय सदस्य देवेन्द्र पौडेल लगायतका १५ जना नेताहरुले पार्टीका संयोजक बाबुराम भट्टराईले लिएको निति प्रति असहमती जनाएका छन । उनिहरुले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि संयोजक डा. बाबुराम भट्टाराईले पछिल्लो समयमा लिएको बाटो र उनले तयार पारेको पार्टीको आगामी दस्तावेजप्रति असन्तुष्टि जनाउदै १० बुँदे चेतावनीपत्र समेत सार्बजनिक गरेका छन ।
यस अघि नेता पौडेल सहितका नेताहरुले बिहिवार नयाँशक्ति परित्याग गर्ने बताईएपनि पौडेलले पार्टी परित्याग गर्न नभई पार्टीको सुधारका लागि पत्रकार सम्मेलन आयोजना गरेको बताए ।
पौडेलले आफु लगायतका नेता कसैले पनि पार्टी नछाड्ने तर, पार्टीमा सुधार ल्याउन नयाँ बहस भने शुरु गर्न लागेको बताए । पौडेलले संयोजक भट्टराईले तयार गरेको दस्तावेज र पार्टीले लिने निति अमूर्त भएकाले सुधारगर्न आवस्यक भएको बताए ।
पौडेलले आफूहरुको प्रयास पार्टीलाई मूर्त बनाउने भएको दाबी गर्दै नयाँ शक्ति भनेर पार्टी बनाएपनि यसको पहिचान के हो भन्ने कुरा प्रस्ट नभएको बताए ।
नेता पौडेलले बाबुराम भट्टराई सीमित व्यक्तिहरुको घेराबन्दीमा परेको आरोप लगाउदै यसरी सीमित घेरामा बसेर पार्टी अगाडी नबढ्ने दाबी गरे ।
पौडेलले नयाँ शक्तिसहित परिवर्तनकारी शक्तिहरुबीच ध्रुवीकरण हुनुपर्नेमा पनि जोड दिदै ‘प्रचण्ड, बाबुराम, किरण, विप्लव, उपेन्द्रबीचमा भिन्नता केहि भन्नेकुरा नबुझे सम्म परिवर्तन सम्भव नभएको बताए ।
जारी अपिलमा पौडेलसहितमहेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, हिसिला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवारको हस्ताक्षर रहेको छ ।
प्रतिक्रिया