काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जान लागेका हजयात्रीहरुलाई बिदाई गरेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिवार गृहमन्त्री शर्माले हजयात्रीलाई विदाई गरेका हुन ।
हजमा जानेहरुलाई बिदाई गर्दै गृहमन्त्री शर्माले यात्राका क्रममा नेपालको प्रचार प्रसार गर्न समेत आग्रह गरेका छन । हजयात्राका लागि आज १३० जना मुसलमान समुदायका हजयात्री साउदी अरेबियातर्फ लागेका छन् ।
गृह मन्त्रालयको समन्वयमा यस बर्ष एक हजार २१० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितिले जानकारी दिएको छ । समितिका अनुसार हजयात्रीहरु ४५ दिनपछि स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया