देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिमस्टेक बैठकमा भागलिन भारतीय बिदेशमन्त्री स्वराज काठमाडौंमा

देशान्तर

काठमाडौं । बिहिवारदेखि काठमाडौंमा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को बैठकमा भागलिन भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी छन् ।

काठमाडौंको सोल्टी होटलमा अहिले सचिवस्तरीय बैठक भइरहेको छ भने बेलुका हुने मन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री शेर बाहादार देउवाले उदेघाटन गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं आइपुगेका छन् । यस्तै बिहीबार अपराह्नसम्म सबै देशका विदेशमन्त्रीहरू काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमश सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी बिहीबार नै काठमाडौं आइपुगेका छन ।

आसियन मुलुकहरू थाइल्यान्ड र म्यान्मारबाट उपविदेशमन्त्रीले पनि बैठकमा सहभागिता जनाउने छन् । अघिल्ला बैठकमा पहिचान भएका व्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन, सञ्चार, ऊर्जा, कृषि, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता एक दर्जनभन्दा बढी विषयमा बैठकमा छलफल हुनेछ ।

तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिमस्टेक अन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुत गतिमा कार्यान्वयन गर्नेबारे १५ औं बैठक केन्द्रित हुने जनाइएको छ ।