काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा एउटा गाउँपालिका जित्न पाँच करोड सम्म खर्च भएको खुलासा गरेका छन् । उनले अहिलेको निर्वाचन धनीका लागि मात्रै भएको राम्रो उमेद्वार गरिब परिवार भित्र उसले राजनिति नगरेपनि हुँने भन्दै अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र प्रदेश नं.३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षणात्मक मंगलवारको बैठकमा अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।
दाहालले ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ, एउटा गाउँपालिका जित्न ४ देखि ५ करोड खर्च भएको छ,यो सामान्य कुरा नभएको बताए ।
उनले बिहान बेलुका छाक टार्न मुस्किल हुनेहरु क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न नसक्ने भन्दै यो धनीले मात्र जित्ने र प्रतिभा एवं जनसमर्थन भएर पनि गरीबले हार्ने निर्वाचन प्रणाली भएको बताए । दाहालले पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र बिकृतिलाई रोक्न सक्ने बताए ।
प्रशिक्षणमा अध्यक्ष दाहालले माओवादी र देशभक्तहरुको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए । उनले भने ‘हामी निर्वाचन लड्यौं, बाबुरामजी, वैद्यजीहरु पनि चुनाव लड्नुभयो, विप्लवजीहरु हामीलाई हराउनकै लागि भए पनि चुनाव लड्नुभयो । तर, जनताले उहाँहरु सबैलाई तिमीहरु माओवादी नै हो, माओवादी केन्द्रसँग मिल भन्ने जनादेश दिए । हामीलाई पनि जनताले तिमीहरु एक्लैले हुँदैन, एकताका लागि पहल गर भन्ने सन्देश दिएका छन् । जनताको यो आवाजलाई बुझेर सबै माओवादी धारा र देशभक्तहरु एक हुनुको बिकल्प छैन ।’
प्रतिक्रिया