नेपाली काँग्रेसले तेस्रोचरणको स्थानीय तहको निर्वाचन लगायतका बिषयमा छलफलगर्ने मंगलवार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न मंगलवार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।
निर्वाचन लगातका बिषयमा आन्तरिक छलफल गरि नयाँ रणनिति तयार गर्न बैठक बोलाईएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा वर्तमान मुलुकको समसामयिक राजनीतिक घटना क्रमको बारेमा समेत छलफल हुने पौडेलले बताए । बैठकमा उपस्थितिका लागि सम्पूर्ण केन्द्रीय कार्यसमितिका सदस्यलाई आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया