देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चमा गएका कारण चुनाब हारियोः ज्ञावाली

देशान्तर

काठमाडौं । चिवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका देबी ज्ञावालीले सर्बोच्चमा गएका कारण आफुले चुनाब हार्नुपरेको बताएका छन । नेकपा एमाले चितवनले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञावालीले सर्वोच्चमा जानु नै गल्ती भएको बताएका हुन । भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको ज्ञवालीले बताए ।

ज्ञवालीले निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय नमान्दा पराजित भएको दाबी गरे । वडा नम्बर १९ को मतगणना चलिरहँदा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो ।एमालेले त्यो निर्णयकोविरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सार्वेच्चको निर्णयमा ढिलाई हुँदा यो अवधिमा विपक्षीले तयारीको समय पाएकाले हार भएको ज्ञवालीले बताए ।

उनले आयोगको निर्णय मानेर सोझै चुनावमा गएको भए आफूले चुनाव जित्ने दावी पनि गरे । महानगरपालिकाको प्रमुखमा ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन् । ज्ञवालीले मेयर पदमा आफू हारेपनि राजनीतिमा जितेको दावी गरे । नेकपा एमाले चितवनले राज्यसत्ताको दुरुपयोग गरेर आफ्ना उम्मेदवार हराएको आरोप लगाएको छ।आफूहरुले निर्वाचन जित्ने भएपछि आर्थिक प्रलोभनमा पारेर षड्यन्त्र गरेको एमाले चितवनको आरोप छ ।

लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित हुनु स्वभाविक भएपनि सत्तागठबन्धनले सत्ताको दुरुपयोग गरेर प्रमुख पदमा एमालेका उम्मेदवारलदाई पराजित गरेको एमाले चितवनको आरोप छ ।पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर एमाले चितवनले लोकतान्त्रिक प्रक्रियामाथि प्रहार भएको आरोप पनि लगाएको छ ।