काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणमा माओवादी केन्द्रले मतान्तर घटाउँदै लगेको छ । एमाले अहिले १५३ मतले मात्रै अगाडि छ । वडा नम्बर १९ को मतगणना सकिएपछि सुरु भएको २० नम्बर वडाको मतगणनामा ८०३ मत गणना हुँदा मतान्तर १५३ कायम भएको हो । २० नम्बरमा ३ हजार ३०२ मत खसेको छ ।
माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालको मत ४२ हजार ४८ छ भने एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार २ सय १ रहेको छ । १९ को मतगणना सकिँदा एमाले २२१ मतले अगाडि थियो । १९ मा २ हजार ८७० मत खसेकोमा माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालले १ हजार ५२९ मत र एमालेका देवीप्रसाद ज्ञवालीले ९६६ मत प्राप्त गरे ।
वडा नम्बर १८ को गणना सकिँदासम्म ज्ञवाली माओवादी–कांग्रेस गठवन्धनकी उमेदवार रेणु भन्दा ७८४ मतले अगाडि थिए । गत जेठ १४ गते वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।
निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।
भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५।५८ प्रतिशत ९२ हजार ८७० ० मत खसेको छ । यो यस अगाडि खसेको मत भन्दा २७ मत कम हो ।
प्रतिक्रिया