काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तोकिएको प्रदेश नम्बर २ को चुनाव नसर्ने बताएका छन ।
उनले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको तर,राजपा चुनाबमा सहभागि हुनुको साटो काठमाण्डौमा बसिरहेको बताए ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको दाबी गरे ।
उनले सरकारलाई संविधान संशोधनका लागि आवश्यक दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको भन्दै राजपा सहमत भए संशोधन बिधेयक निर्णयार्थ प्रस्तुत गरिने बताए ।
प्रधानमन्त्री देउवाले राजपालाई सहमतिमा ल्याएरै चुनाव गर्ने प्रयास गरिने तर, कसैगरी राजपा सहमतिमा नआएको खण्डमा भने असोज २ गते हुने तेश्रो चरणको चुनाव नरोकिने अडान दोहोर्याए । देउवाले असोज २ को चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी पनि गरेका छन ।
प्रतिक्रिया