काठमाण्डौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधान संशोधनका लागि सरकार दुई तिहाई बहुमत पु¥याउने कसरतमा लागेको बताएकी छन ।
भत्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले दुई तिहाई मत नपुगेसम्म संशोधन प्रस्ताव संसदमा नजाने पनि बताईन ।
प्रवक्ता भुसालले राप्रपा सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत हाल्नेमा सरकार विश्वस्त रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिवेदन बुझाउने दाबी गरिन ।
निर्वाचनसम्बन्धी विधेयक संसद्बाट छिट्टै पारित हुने बताउँदै उनले त्यसपछि बाँकी रहेको तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन र प्रदेश तथा केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुनेमा जोड दिईन ।
प्रतिक्रिया