काठमाडौं, साउन १२ – सरकारले अनसनरत डा। गोविन्द केसीका माग सम्बोधनका लागि शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
मन्त्रीपरिषदको आज बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य सचिव छन । चिकित्सा शिक्षा ऐनमा माथेमा प्रतिवेदन र आफ्ना सुझाव समेट्नुपर्ने लगायत माग गर्दै डा। गोविन्द केसी सोमबारदेखि शिक्षण अस्पतालमा ११ औँ चरणको अनसन बसेका हुन् ।
यस्तै मन्त्रीपरिषदको बैठकले गरिब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत १२ जिल्लाका ३ लाख ९१ हजार ८ सय परिवारलाई गरीब परिचय पत्र तिवरण गर्ने निर्णय पनि गरेको छ । सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने लक्ष्य अनुसार १२ जिल्लाका गरीब घर परिवारलाई परिचय पत्र वितरण कार्य अगाडी बढाउने भएको हो ।
प्रतिक्रिया