काठमाण्डौ । लामो समय सम्म पनि मन्त्रीपरिषदलाई पुर्णता दिन नसकको भन्दै आरोप खेपिरहेका प्रधानमन्त्री शेरबाहादुर देउवाले बिस्तारित मन्त्रीपरिषदको पहिलो बैठक डाकेका छन ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बिहिबार पौने ४ बजे सुरुहुने बैठकले केहि महत्वपुर्ण निर्णय लिने बताईएको छ । आजको बैठकले संबिधान संशोधनको बिषयलाई संसदमा टेबल गर्ने देखि प्रदेश र संसदको निर्वाचनको मिति तोक्ने बिषयमा पनि छलफल गर्ने छ ।
संसदमा थाति रहेको निर्वाचनसंग सम्बन्धित बिधेयक र सरकारले चाडै पेश गर्नुपर्ने अन्य महत्वपरर्ण बिधेयकका बिषयमा पनि छलफल हुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
स्थानीय तहमा कर्मचारी खटाउने बिषयमा देखिएको बिबाद कर्मचारीले गरेको अटेरका बिषमा पनि छलफल हुनेछ ।
सरकारले खटाएको ठाँउमा नजाने कर्मचारीलाई सिधै अवकासमा पठाउने गरि तयार भएको स्थानीय शासन सन्चाल सम्बन्धी बिधेयक कार्यन्वयका बिषयमा मन्त्रीपरिषदमा छलफलसंगै निर्णय समेत हुने बताईएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको करिब डेढ महिनापछि हिजो मन्त्रीपरिषद विस्तार गरेपछि आज बैठक बस्ने भएको हो ।
प्रतिक्रिया