देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन र संबिधान संशोधनका बिषयमा एमालेमा छलफल सुरु

देशान्तर

तेस्रो चरणको निर्वाचन र संबिधान संशोधनका बिषयमा प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले अहिले स्थायी कमिटिमा छलफल सुरु गरेको छ ।
बुधवार प्रधानमन्त्री शेरबाहादुर देउवाले मन्त्रीपरिषद बिस्तार गरेको र कांगे्रसको सोमवार सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकमा संबिधान संशोधनको प्रस्तावलाई अघि बढाउने निर्णय गरेपछि एमालेले स्थायी कमिटिको बैठक बोलाएको हो ।
पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा संबिधान संशोधन र स्थानिय तहको तेस्रो चरणको चुनावी तयारीका विषयमा छलफल भईरहेको छ ।
आजको स्थायी कमिटिको बैठकले पार्टीका शीर्ष तहका नेताहरुलाई चुनावी अभियानमा कस्लाई कहाँ खटाउने र के जिम्मेवारी दिने भन्ने बिषयमा निर्णय हुने छ ।
सत्तासिन दलले बनाउने रणनीति माओवादीबाट आएको प्रत्यक्ष कार्यकारीको प्रस्तावलगायतका सबै विषयमा पनि बैठकमा छलफल हुने एमालेले जनाएको छ ।