देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामचन्द्र पौडेल समूहले मन्त्रीको नाम बुझायो,केसी,प्रसाई र पन्त परेनन्, देउवाले नाम हेरफेर गर्न सक्ने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले बिस्तार गर्न लागेको मन्त्रीपरिषदमा बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चार मन्त्रीको नाम पठाएका छन । तर देउवाले शपथ लिएदेखि नै मन्त्री बन्ने चर्चामा आएका कांग्रेस नेता बलबाहादुर केसी र सरिता प्रसाई अन्तत पौडेल पक्षबाट मन्त्री बन्नेको लिष्टमा परेनन् ।

महिला मन्त्रीको चर्चामा रहेकी कमला पन्थको नाम पनि अन्त्यमा आएर हटेको छ । देउवा पक्षबाट महिला मन्त्री बन्ने भएपछि प्रसाई र पन्तको नाम हटाईएको हो भने बलबाहादुर केसीका बिषयमा देउवाले पहिले देखिनै असन्तुसष्टि जनाउदै आएका थिए ।

दिनभरीको छलफल पछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री शेरबाहादुर देउवालाई आफ्नो पक्षका चारजनाको नाम मंगलवार साँझ बुझाएको छ । भोली बुधवार मन्त्रीपरिषद बिस्तार हुने भएपछि पौडेल पक्षले नाम पठाएको हो ।

दिनभरिको छलफलको अन्त्यमा आएर देउवाले पौडेलले रोजेको एक मन्त्रालय दिने तर महिला मन्त्री चाँही आफ्नो पक्षबाट हुनुपर्ने भनेपछि पौडेल समूहले यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र रामकृष्ण यादवको नाम देउवालाई बुझाएको हो ।

यसअघि नै सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् ।

बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना र कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक–एक जना मन्त्री पक्का भएको छ ।

आन्तरिक छलफल पछि प्रधानमन्त्री देउवाले आफुले तयार गरेको नाम अनुसार मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत नाममा हेरफेर हुनसक्ने बताएका छन भने सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ ।

.