देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकाको ट्राफिक सुधार्ने जिम्मा सर्वेन्द्रलाई

देशान्तर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल आएका छन् । ट्राफिक प्रहरीको कारबाही निष्प्रभावी भएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका छन् । खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताएका छन् । खनाल ११ डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा परेका छन्।