देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस भित्रको बिबादले मन्त्रीपरिषद बिस्तारमा फेरी ढिलाई

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री शेरबाहादुर  देउवाले मंगलवार गर्ने भनिएको मन्त्रीरिषद बिस्तार फेरी सरेको छ । अन्यादलहरुसंग भागबण्डा मिले पनि कांग्रेसभित्रै मन्त्रालयको भागबण्डा नमिल्दा मंगलबारको गर्ने भनिएको मन्त्रिपरिषद विस्तार भोलीका लागि सारिएको हो ।
पार्टी भित्र बरिष्ठ नेता पौडेल समुहले मागेका दर्ई मन्त्रालय देउवाले नदिने भएपछि पौड्ल पक्षले नाम दिन अश्विकार गरेको छ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भौतिक योजना र संचार मन्त्रालय नपाए सरकारमा आफ्नो पक्षले सहभागिता नजनाउने जानकारी गराएपछि प्रधानमन्त्री देउवाले थप छलफल गर्ने भन्दै भोलीका लागि समय सारेका हुन ।
पौडेलले मागेका दुई मन्त्रालय दिन देउवा हिजो सहमत भएको तर, आज ती मन्त्रालय माओबादीलाई दिनुपर्ने भयो अरुनै मन्त्रालय लिनुहोस भने पछि पौडेल समुहले सरकारमा सहभागि नहुने जानकारी दिएको हो ।
कांग्रेस केन्द्रिय समितिको बैठक चलिरहेका समयमा आफुसंग भएको छलफलमा जसले लिएपनि कांग्रेसले नै लिने हो भौतिक र संचार मन्त्रालयमा जानेको नाम दिनु भनेको तर, आज देउवाले बोली फेरेको पौडेल पक्षको भनाई छ ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच क–कसलाई मन्त्री बनाउने भन्ने बिषयमा आज पनि पटक पटक छलफल भएको थियो ।
प्रधानमन्त्री देउवा आज बिहानैबाट मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेपनि पौडेल समुहले मागेका मन्त्रालय नपाउने भएपछि सहमती नजुटेको नेताहरुले बताएका छन । कांग्रेसमा पौडेल पक्षले ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने बताउदै आएको छ ।