काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले भारत भ्रमणका क्रममा कुनै बिबादास्पद बिषयमा सम्झौता नगर्ने भएका छन । सरकार बिस्तारपछि हुने भारत भ्रमणका क्रममा छलफलका लागि बियषहरु तयारी भईरहेको अवस्थामा प्रधानमन्त्री देउवाले बिबाद आउने कार्यक्रम नराख्न निर्देशन दिएका हुन ।
देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले प्रधानमन्त्रीले यसपटकको भ्रमण विवादित नबनोस् भन्नेमा चाहेको बताए । भट्टराईले देशान्तरसंग भने प्रधानमन्त्री आफ्नो भ्रमणमा कुनै पनि विवादास्पद विषयमा सहमति र सम्झौता नगर्ने पक्षमा देखिनु भएको छ र उहाँले सद्भावना भ्रमण बनाउन निर्देशन समेत दिनुभएको छ ।
उनले भ्रमणबारे मुख्यसचिव राजेन्द्र क्षत्री र परराष्ट्रका वरिष्ठ अधिकारीहरूले तयारी गरिहेको बताए । डा. भट्टराईले प्रधानमन्त्रीको भ्रमण तयारीका बिषयमा कूटनीतिक तहबाट टुंङ्गो लाग्न बाकिरहेको भन्दै यसै हप्ता भ्रमणको मिति तयहुने बताए ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आसन्न नेपाल भ्रमणअघि प्रधानमन्त्रीको भ्रमण गर्ने या पछि गर्ने भन्ने द्विविधा रहेका कारण मिति तया नभएको भट्टराईको भनाई छ । स्वराज क्षेत्रीय संगठन बिमस्टेकको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन अगस्ट १० र ११ मा नेपाल आउने तयारीमा छिन् ।
यसपटकको प्रधानमन्त्री देउवाको भारत भ्रमण नेपाल–भारतबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन समीक्षामा केन्द्रित हुने छ । सल्लाहकार भट्टराईका अनुसार विगतमा भएका सन्धि–सम्झौताको कार्यान्वयन समीक्षा र द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने विषयहरु भ्रमणमा छलफल हुनेछ ।
भारतीय लगानीमा नेपालमा सञ्चालित परियोजनामा देखिएका समस्या, द्विपक्षीय परियोजना कार्यान्वयनमा आएका समस्या र भारत–नेपालबीच ‘पेन्डिङ’ रहेका परियोजनालाई प्रधानमन्त्रीको भ्रमणमा टुंग्याउने तयारी भएको छ ।
भारतले नेपालको पुनर्निर्माणका लागि वाचा गरेको एक अर्ब अमेरिकी डलर सहायताको परिचालन हुन नसकेको, भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी एकेडेमी बन्न नसकेको, पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुन नसकेको लगायत मुद्दा नेपालले प्रधानमन्त्रीको भ्रमणमा उठाउने भएको छ ।
प्रतिक्रिया