देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता चक्र बाँस्तोला भेन्टिलेटरमा

देशान्तर

काठमाडौं । लामो समयदेखि अर्धचेत अवस्थामा रहेको नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको पछिल्लो समयमा छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरूले बताएका छन् । उपचारमा संलग्न चिकित्सक न्युरोसर्जन डा. प्रत्यूष श्रेष्ठले बाँस्तोलालाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए ।

शनिबार उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बनडाइक्साइडको मात्रा राम्रो आएको भएपनि अझै केही दिन सघन कक्षमा नै राखी निगरानी गर्नुपर्ने अस्पतालले जनाएको छ । विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्कघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् ।

श्रीमती कुसुम बाँस्तोलाले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको जानकारी दिइन् । उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका लिक्युइड (तरल) बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भए पनि प्रत्येक दिन चुनौतीपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा. श्रेष्ठले बताए । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार बिहान नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला पनि अस्पताल पुगेका थिए ।