देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ : प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र संघको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन् । उनले काँग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु काँगे्रसको जिम्मेवारी रहेको विचार व्यक्त गरे । कांग्रेस स्थानीय तहको निर्वाचनमा आन्तरिक व्यवस्थापन र केहि ठाँउमा असहयोगका कारण पराजित भएको बताए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना भएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गरेका थिए । २५ हजारसहितको उक्त सम्मान नेता बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलले ग्रहण गरेकी थिइन् ।

कार्यक्रममा काँग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मुलुकमा पछिल्लो समयमा ज्ञान र क्षमताभन्दा राजनीतिक भागबन्डाको संस्कृति मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शासकलाई समालोचनात्मक सत्य र यथार्थ सुझाव दिन बौद्धिक समाजको आवश्यकता पर्ने बताए ।
कार्यक्रममा नेत्री सुजाता कोइराला पूर्वमन्त्री लक्ष्मण घिमिरेले बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त ओझेलमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्वका क्रियाकलापका कारण राजनीतिक नेता र नेतृत्वप्रति जनतामा विश्वासको संकट बढेको बताए ।

कार्यक्रममा समाजका अध्यक्ष डा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष एवं राससका अध्यक्ष कुलचन्द्र वाग्ले, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी, समाजका सचिव डा वासुदेव भण्डारीलगायतले समाजले गरेका काम र यसको महत्वका बारेमा धारणा राखेका थिए । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा गिरिजाबाबु विशेशांक ‘चिन्तन’ विमोचन गरिएको थियो ।