देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दलहरु मेलमिलापबाट टाढा हुन खोजे :  पूर्वराष्ट्रपति डा. यादव

देशान्तर

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् । ३५ औं विपी स्मृति दिवसमा विपी ट्रष्टले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले मेलमिलापको नीतिबाटै सबै समस्याको समाधान हुने बताए ।

अहिलेका राजनीतिक दलहरु मेलमिलापबाट टाढा हुन खोजेको भन्दै उनले विपीको मेलमिलापको नीतिबाट अगाडि बढ्न सुझाव दिए । हिमाल, पहाड र तराईका समस्या समाधान गर्न सबै राजनीतिक दल एक हनुको विकल्प नभएको भन्दै उहाले दलीय एकता कायम रहे मेलमिलापको नीतिले सार्थकता पाउने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा विपी पुत्र डा. शंशाक कोइरालाले विपीको सिद्धान्त आत्मसाथ गर्न नसकेका कारण मुलकका समस्या समाधान हुन नसकेको बताए । कार्यक्रमा पुरुषोत्तम बस्नेतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ विमोचन गरिएको थियो । प्रथमराष्ट्रपति