देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मैले कार्यकारी राष्ट्रपतिको मुद्दा छाडेको छैनः अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं – माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुले कार्यकारी राष्ट्रपतिको मुद्धा नछाडेको बताएका छन ।

 

साउन २ गते दखि काठमाण्डौमा जारी केन्द्रिय सचिवलयको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष दाहालले परिस्थिति अनुकुल नएकाले मात्र अहिलेको ब्यवस्था स्वीकार गरेको बताएका छन ।

 

उनले कार्यकारी राष्ट्रपतिको मुद्धा संविधान निर्माणका बेला तत्कालिन शक्ति सन्तुलनलाई ध्यानमा दिएर थाती राखेको बताए । बैठकमा नेताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डालाई फेरि अगाडि सारेपछि दाहालले यस्तो जवाफ दिएका हुन ।

 
अध्यक्ष दाहालले अहिलेको चुनाव प्रणालीले देशका स्थिरता नआउने तथा विकास र समृद्धिका लागि बाटो नखोल्ने भन्दै आफुपनि फेरि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा नै रहेकने उनको भनाई छ ।

 
वैठकमा सहभागी नेताहरुका अनुसार दाहालले बैठकमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा जनमत बनाउन नेताहरुलाई निर्दैशन समेत दिएका छन । दाहाले दुवै राष्ट्रवादलाई सन्तुलनमा राख्न अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय मोडल अपनाउनु पर्नेमा जोड दिएका छन ।

 
पहिलो र दोस्रो चरणको स्थानीय तहमा पैसाका बलमा चुनाव प्रभावित पारिएको र भविष्यमा प्रदेश र संघीय चुनावपनि यसरी नै प्रभावितहुन सक्ने उनको बुझाई छ

 
माओवादीले संविधान बनाउने बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा थाती राखेको थियो । यस विषयमा दाहालले फरम त पनि राखेका थिए ।