काठमाण्डौ । प्रधानमन्त्री एव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुशासन समिति बनाएर निर्वाचनमा अन्र्तघता गर्नेलाई कारबाही गरिने बताएका छन ।
उनले पार्टीमा अन्तरघाती गर्नेलाई कारवाही नगरे यसको असर पार्टीमा दिर्घकालसम्म पर्ने भन्दै निर्वाचनमा गम्भीर अन्तरघात गर्नेलाई पार्टीबाटै निस्कासन गरिने बताए ।
देउवाले अन्तरघातीलाई कारबाही नगर्ने हो भने कांग्रेसमा ठूलो बिचलन आउने र कांग्रेसलाई बिचलन हुनबाट बचाउन गरिने कारवाहीमा कसैले पनि तेरो र मेरा भन्न नहुने जिकिर गरे ।
प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै देउवाले पहिलो र दोस्रो चरणको चुनावमा पार्टीले व्यहोरको हारको विश्लेषण गर्दै उम्मेदवार चयनमा भएको ढिलाई र अन्तरघातका कारण कांग्रेसले धेरै ठाउँमा चुनाव हार्नु परेको दाबी गरे ।
अन्तरघातकै कारण धेरै ठाउँमा डेढ दुई सय भोटले कांग्रेसका उम्मेदवारहरु हारेको भन्दै देउवाले अनुशासन समिति बनाएर अन्तरघातीलाई पार्टीले कारवाही गर्ने कुरामा ढुक्क हुन आग्रह समेत गरे ।
प्रतिक्रिया