देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आठ जिल्लामा सय सिट जितिन्छ ः नेता निधि

देशान्तर

काठमाण्डौ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीका प्रदेश नम्बर २ का आ जिल्लामा एक सय भन्दा स्थान जित्ने दाबी गरेका छन ।

 
असोज २ मा हुने स्थानीय चुनावको पूर्वसन्ध्यामा आयोजित प्रादेशिक भेलालाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका निधिले प्रदेश नम्बर २ को एक सय २७ मध्ये १०० सिट कांग्रेसले जित्नसक्ने आंकलन सुनाए ।

 
उनले भने, ‘पहिलो र दोस्रो चरणमा गरेर हामी एमालेभन्दा करिव ५० सिटले पछि परेका छौं, मेरो धारणा छ कि अतिसयोक्ति हुँदैन भने १०० पालिकामा कांग्रेसले विजय प्राप्त गर्न सक्छ तर, कांग्रेसलाई पहिलो स्थानमा ल्याउन थोरै मिहिनेत भने आवस्यकता छ ।

 
निधिले प्रदेश नम्बर २ का सिरहा र सप्तरी बाहेक ६ जिल्लामा गरेको सर्वेक्षण भन्दै ९८ स्थानीय तहमध्ये १९ वटामा मात्र एमालेको प्रभाव रहेको सुनाए । उनले भने, ‘यो हाम्रा लागि सुखद लक्षण हो, एकताबद्ध भएर लाग्ने हो भने हामीलाई कसैले हराउन सक्दैन ।’

 
निधिले एमालेको प्रभाव क्षेत्र भनिएको हाइवेमा पर्ने स्थानीय तहमा कांग्रेस, माओवादी र राजपासमेतसँग गठबन्धन बनाएर चुनावमा जाने प्रस्ताव समेत राखेका छन ।