काठमाण्डौ । मुटुको उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एनजीओप्लाष्टी गरिएको छ ।
मुटुमा समस्या देखिएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको हो । पूर्वराजा शाहको उपचारमा डा. यादव भट्ट नेतृत्व डा. शिवजीविक्रम सिलवाल, डा. शेखर राजभण्डारी र डा. नमा श्रेष्ठ सम्लग्न रहेका छन ।
धमनीमा अकस्मात अवरोध देखिएकाले एनजीओप्लाष्टी गरिएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पूर्वराजा शाहको स्वास्थ्य अहिले सामान्य छ । शाहलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
मुटुमा समस्या र हृदयघाको संकेत देखिएपछि आज बिहान शाहलाई नर्भिक भर्ना गरिएको थियो । लामो समय देखि मुटुरोगको समस्या झेल्दै आउनुभएका शाह चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना गरिएको हो । शाहलाई बिगत १० बर्ष देखि मुटु र मस्तिस्कमा समस्या देखिदै आएको थियो ।
प्रतिक्रिया