देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा अध्यक्ष थापाको आरोपः ओलीले राप्रपाका १० सांसद करोडौमा अपरहण गरे

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातनन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका १० सांसद करोडौ खर्चिएर अपहरण शैलीमा रिसोर्डमा लुकाएको आरोप लगाएका छन ।

 
थापाले प्रमाण सहित ओलीलाई भेटेर नै यस्तो आरोप लगाएको र सांसदको नाम, रकम र पैसा समेत खुलाएर सार्बजनिक गर्ने चेतावनी दिएको राप्रपा निकट स्रोतले देशान्तरलाई जानकारी गराएको छ ।

 
केहि दिन यता नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच राम्रो सम्बन्ध रहँदै आए पनि पछिल्लो प्रकरणले एमाले अध्यक्ष ओली समस्यमा पर्ने देखिएको छ ।

 
संविधान संशोधन प्रस्ताव असफल पार्न राप्रपाका केही सांसदलाई एमालेका नेताहरुले पैसा दिएर किन्न खोजेको र यस्तो कार्य केपी ओलीको संलग्नतामा भएको प्रमाण आफुसंग भएको थापाको दाबी छ ।

 
देशान्तरलाई प्राप्त जानकारी अनुसार राप्रपा अध्यक्ष कमल थापाले ओलीलाई राप्रपा जसरी बिगार्नु भो त्यसरी नै सुर्धान चेतावनी दिएका छन । थापाले ओलीलाई चेतावनीको भाषामा संविधान संशोधन लगायतका विषयमा एमाले र राप्रपावीच मतान्तर छ, तर यही विषयलाई लिएर मेरो पार्टीभत्र खेल्ने काम बन्द गर्नुहोला नत्र एमाले फुटाउने उपाय पनि आफुसंग पनि भएकाृे बताएका छन ।

 
एमाले नेताहरूले राप्रपाका असन्तुष्ट १० सांसदलाई बैठकमा उपस्थित हुनबाट करोडौ मा फकाएर रिसोर्टमा राखेको र त्यहाँको खर्चसमेत एमालेले नै व्यहोरेको प्रमाण अध्यक्ष थापाले भेटेपछि एमाले अध्यक्ष ओली संग थापा खनिएका हुन ।
थापाले चेतावनी सहित ओलीलाई तस्वीर सहित प्रमाण देखाएको स्रोतको भनाई छ ।