कामाण्डौ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सोमबार पदभार ग्रहण गरेका छन । त्यसअघि पराजुलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन ।
सपथ लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाएर सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।
शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिव लगायतको उपस्थिति थियो ।
२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहने छन । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा पराजुलीले न्याय सेवामा प्रवेश गरेका थिए ।
यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले हिजो प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । वि.सं २०१० वैशाख १६ गते तनहँुको काहँु शिवपुरमा जन्मेका पराजुली सरकारी सेवामा अउनुअघि कानुन व्यवसायमा संलग्न रहेका थिए ।
प्रतिक्रिया