देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवा भारत गएपछि मोदी,नीतिश र योगि नेपाल आउने

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री शेरबाहादुर देउवाले भारत भ्रमण सकेर नेपाल फर्किएको केहि दिनमै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बिहारका मुख्यमन्त्री नीतिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको भ्रमण गर्ने भएका छन ।
प्रधानमन्त्री देउवा भारत जानुअघि उनिहरुको नेपाल भ्रमणबारे अहिले दुबै देशका परराष्ट्र अधिकारीहरुबिच छलफल भईरहेको छ । प्रधानमन्त्रीको निजि सचिवलयले दिएको जानकारी अनुसार देउवाको भारत भ्रमण पछि भारतीय प्रधानमन्त्री मोदी सहितका नेताले नेपालको भ्रमण गर्ने भएकाले दुबै देशको सहमतिमा दुबै देशका प्रधानमन्त्रीको भ्रमणमिति तया भईरहेको छ ।
यसअघि प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी गर्दा भारतीय प्रधानमन्त्री सहितका नेता नेपाल आउने जानकारी नभएकाले देउवाको भ्रमण पनि त्याही अनुसार तयारी गरिएको थियो । तर, उपप्रधानमन्त्री कृष्णबाहादुर महरा भारतबाट फर्किपछि मात्रै नेपाल स्थित भारतीय दुताबसले मोदीले नेपाल भ्रमण गर्ने बारे जानकार िगराएको थियो ।
दुबै देशका प्रधानमन्त्रीको भ्रमणका विषयमा अहिले भारतीय दूतावास र परराष्ट्र अधिकारीहरुबीच छलफल भइरहको भ्रमणको टुंगो लागि नसकेको प्रधानमन्त्री देउवाको निजि सचिवालयले जनाएको छ ।
पुरानो तयारी अनुसार साउन दोस्रो साता प्रधानमन्त्री देउवा भारत पुग्नुपर्ने थियो । सचिवलय स्रोतका अनुसार प्रधानमन्त्री देउवा अब भारतीय राष्ट्रपतिको निर्वाचन सकिएपछि भारत जानुहुने छ भने तेस्रो चरणको निर्वाचन पछि भारतीय प्रधानमन्त्री मोदी सहितका नेताहरु नेपाल आउने छन ।