काठमाडौं । सरकारको मुख्यसचिवको पदमा भएको फोहोरी खेलले कर्मचारी तन्त्रमा ठूलै खैलाबैला मच्चिएको छ । राज्यकै बेइज्जत हुनेगरी पदबाटै राजीनामा नगरी एडीबीको जागिर खान हि“डेका मुख्यसचिव सोमलाल सुवेदी र राजीनामाका लागि दबाब दिनुको साटो काज दिएर आफ्नो सेटिङ मिलाउन सफल प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला कर्मचारीका लागि हास्यका पात्र बनेका छन् । राजनीतिक र कर्मचारी तहमा मात्रै नभएर सामाजिक सञ्जालमा समेत राष्ट्रघातीको नाम कमाएका सुवेदीलाई मुख्यसचिवको पदीय मर्यादा र देशको इज्जतभन्दा एडीबी प्यारो भएपछि आजबाट उनि उक्त संस्थाका वैकल्पिक निर्देशक भएका छन् । एडीबीको वैकल्पिक निर्देशक भनेको सहसचिवभन्दा पनि कनिष्ठ पद भएको जानकारहरू बताउ“छन् ।
सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्रीलाई बढुवा त गरेको छ तर, एक वर्ष कार्यकाल बा“की रहेका सोमलाल सुवेदीले राजीनामा दिएका छैनन् र सरकारले एडीबीमा जागिर खान हि“डेका सुवेदीको राजीनामा माग्नुको सट्टा उनलाई मुख्यसचिवकै हैसियतमा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ । एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा जानु एक साताअघि राजीनामा दि“दा पनि सुवेदीले थप दुई वर्ष सेवा गरेबापतको पेन्सन पाउने थिए ।
अहिलेसम्मको इतिहास हेर्दा पनि मुख्यसचिव र सचिवहरूले अनिवार्य अवकाश पाउने एक साताअघि राजीनामा दिए कानुनी व्यवस्थाअनुसार थप दुई वर्ष सेवा गरेबराबरको पेन्सन लिने व्यवस्था छ । सुवेदीले देशको प्रतिष्ठा र मुख्यसचिवको मर्यादा बुझेर राजीनामा दिएको भए मुख्यसचिवका सबैभन्दा वरिष्ठ दाबेदार सचिव धनबहादुर तामाङ मुख्यसचिव बन्ने थिए । तामाङ नहु“दा मुख्यसचिवका पहिला दाबेदार क्षत्री नै सबैभन्दा वरिष्ठ हुन् र उनैले मुख्यसचिवमा बढुवा पनि पाए । तर, क्षत्रीले ५८ वर्ष उमेर हदका कारण कात्तिक ८ मा अनिवार्य अवकाश पाउ“दैछन् भने क्षत्रीपछि मुख्यसचिवको दौडमा उत्रिएका नारायणगोपाल मलेगो, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदीको मुख्यसचिव बन्ने सपना तुहिएको छ । मुख्य सचिव क्षत्रीले आउ“दो कात्तिक ८ बाट अवकाश पाएपछि अहिले मुख्यसचिवको दौडमा रहेका अधिकारी, उपाध्याय र रेग्मीमात्रै मुख्यसचिव हुन पाउनेछन् । सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेस सुवेदीपछिको वरीयतामा रहेका धनबहादुर तामाङलाई मुख्य सचिव बनाउने तयारीमा थियो । तर, तामाङ र क्षत्री जो मुख्य सचिव बने पनि प्रधानमन्त्री देउवाले अहिले बनाउन चाहेको व्यक्ति कात्तिक ८ पछि पनि बन्न सक्ने भएपछि सुवेदीले देउवास“ग अतिरिक्त समूहको माग गरेका थिए ।
किनभने प्रधानमन्त्री शेरबहादुर देउवा धनबहादुर तामाङलाई मुख्य सचिव बनाएर उनीपछि गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने तयारीमा थिए । उनको रेग्मीलाई मुख्यसचिव बनाउने चाहना क्षत्रीलाई मुख्यसचिव बनाउ“दा पनि पूरा हुने भएपछि सुवेदीले मोज गर्ने अवसर पाएका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई भने सुवेदीले नराम्रो झापड हानेका छन् । अर्थसचिव शान्तराज सुवेदीलाई मुख्यसचिव बनाउने सर्तमा मात्रै राजीनामा गर्न सुवेदीलाई एमालेले दबाब दिएको थियो । मुख्यसचिवका विषयमा सत्तारूढ दल माओबादी केन्द्र पनि पराजित भएको छ । उसले उपराष्ट्रपतिका कार्यालयका सचिव नारायणगोपाल मलेगोलाई मुख्यसचिवका लागि अगाडि सारेको थियो । तर, सरकार परिवर्तन नभएमा प्रधानमन्त्रीको इच्छाअनुसार परिस्थिति मिल्दै गएकाले कात्तिकपछिको मुख्यसचिवमा अहिलेका गृहसचिव लोकदर्शन रेग्मी लगभग पक्का जस्तै देखिएका छन् ।
प्रतिक्रिया