काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीको आज (विहीबार) निधन भएको छ ।
२००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशीको ९२ वर्षको उमेरमा आज साँझ ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्वासप्रस्वासको समस्या देखिएपछि असार ७ गते अल्का अस्पताल भर्ना गरिएका जोशीलाई २१ गते ग्रान्डी रिफर गरिएको थियो । जोशीलाई उच्च रक्तचापको समस्या थियो ।
जोशी गान्धीवादी नेताको रुपमा परिचित थिए । सर्लाही क्षेत्र नम्बर ३ बाट २०४८ र २०५१ सालको निर्वाचनमा निर्वाचित जोशी शिक्षा र पर्यटन मन्त्री भएका थिए । राजनीतिमा आउनुअघि सर्लाहीमा एक विद्यालयको प्रधानाध्यापक रहेका जोशीले जिल्लाको शैक्षिक उन्नयनमा योगदान दिएका थिए ।
प्रतिक्रिया