देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाङमा ७२४ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्

देशान्तर

दाङ । असार १४ गते भएको स्थानीय तहको चुनावमा उम्मेदवार भएका दाङका २३८२ जनामध्ये ७२४ जनाको जमानत जफत भएको छ । दाङ जिल्लामा उम्मेदवार भएका मध्ये प्रमुख तीन दलका उम्मेदवारहरुमा भने प्रायले जमानत जोगाउन सकेका छन् । जिल्ला निर्वाचन कार्यालय दाङले दिएको जानकारी अनुसार ७२४ जनाले जमानत जोगाउन सकेका छैनन् ।

यो संख्यालाई हेर्दा उम्मेदवार बनेका मध्य एक हजार एक सय ३८ जनाले जमानत जोगाउन त सके तर निर्वाचित हुन भने सकेनन् । कुल उम्मेदवार मध्य पाँच सय २० जना जनप्रतिनिधिका रुपमा विजयी भएका छन् । उम्मेदवारले जमानत जोगाउन मत संख्याको करिब १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । तर सात सय २४ उम्मेदवारहरुको मत सख्या हेर्दा एक मत पनि नपाएकाहरु रहेका छन् ।

दाङका १० वटा स्थानीय तहमध्ये घोराही उप–महानगरपालिकामा एक सय ५६ उम्मेदवारको जमानत जफत भएको देखिन्छ । जसमध्ये प्रमुख पदमा उम्मेदवारी दिएका १० जना तथा उपप्रमुखमा उम्मेदवारी दिएका नौ जना तथा वडा अध्यक्ष ४१ जना तथा ९६ जना सदस्यको जमानत जफत भएको छ ।